स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ छाडेर जानेहरूको लर्को

सेयर गर्नुहोस्

नेपाल समाचार। २८.०१.२०७९

५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ छाडेर जानेहरूको लर्को लागेको छ ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिक आए संगै काठमाडौँमा बस्दै आएका अरु जिल्लाका मानिसहरु धमाधम आफ्नो गाउँ फर्किन थालेका हुन् ।

हिजोमात्र ५९ हजारले काठमाडौँ छाडेको ट्राफिक प्रहरीले बताएका छन् आज सो सङ्ख्या थप बढ्ने छ । काठमाडौँको बालाजु, बल्खु, कलङ्की लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरूको लामो लाइन देख्न सकिन्छ । गाउँ फर्किनेहरूको सङ्ख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।

यता काठमाडौँका सडकमा भने विगतको भन्दा कम सवारी देखिएका छन् । आजदेखि मौन अवधि सुरु भएसँगै दलीय प्रचारप्रसार पनि बन्द भएको छ ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *