नेपाल समाचार। २५.०१.२०७८
स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि गड्डाचौकी नाकाबाट नेपाल फर्किनेहरुको संख्या २ सय देखि बढेर दिनमा ५ सय भन्दा पुगेको छ ।
त्यसैगरी कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले जानकारी दिनुभए अनुसार अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरु नेपाल फर्किरहेको र यो संख्या दिनदिनै बढ्न थालेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरुमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरु धमाधम नेपाल फर्किन थालेको बताए । भरतबाट नेपाल फर्कने नेपालीहरुको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ ।
जुनकुनै उम्मेदवारलाई मत हाले पनि मतको कदर हुन नसकेको उनीहरुको गुनासो छ । नेपालमै रोजगारी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरुको माग छ ।