एमाले उम्मेदवार थापाको पोखरा बिगार्न १० वर्ष योगदान

सेयर गर्नुहोस्

नेपाल समाचार। २०७९।०१।२०

पोखरा -नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण थापालाई सोधिएको प्रश्नका सम्बन्धमा एमाले कार्यकर्ताहरूले होहल्ला गरेका छन् । प्राइम टाइम टेलिभिजनद्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ विशेष कार्यक्रमको छायाङ्कनका क्रममा थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार गनेस पौडेलले २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा बिगार्न योगदान गरेको आरोप बताएपछि एमाले कार्यकर्ताहरूले होहल्ला सुरु गरेका हुन् ।

कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पटक पटक शान्त हुन आग्रह गर्दा पनि उनीहरू नरोकिएपछि केही समय कार्यक्रम अवरुद्ध हुन पुगेको थियो । कार्यक्रमका सहभागीहरूले एमाले उम्मेदवार थापालाई पोखरा सभागृह निजी क्षेत्रलाई बेचेको, कर्मचारी भर्नामा मनोमानी गरेको, पोखरा महानगरपालिकालाई कार्यकर्ता शक्तिकेन्द्र बनाएको र हजारौँ दलित समुदायको अपमान हुने गरी पीडकको पक्षमा वकालत गरेको लगायतका प्रश्नहरू सोधेका थिए । कार्यक्रममा ढिला गरी उपस्थित भएका एमाले उम्मेदवार थापालाई बिचमा राख्ने भनि कुर्सी साट्न खोजेपछि कार्यक्रममा बोलिरहेका राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार शङ्कर खरा आफ्ना कार्यकर्ता सहित कार्यक्रम छोडेर बाहिरिएका थिए ।

राष्ट्रिय टेलिभिजनको बहसमूलक कार्यक्रममा आफ्नो पार्टीलाई अपमान गरिएको खरलाले प्रतिक्रिया दिए ।नेकपा एमालेले यस अघि गण्डकी प्रदेश सदस्य दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार बनाएको थियो । पोखराकै एउटा सुनचाँदी पसलमा सिक्री चोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एमालेले रातारात उम्मेदवार परिवर्तन गरी थापालाई उम्मेदवार बनाएको थियो ।थापामाथि उक्त भिडियो भाइरल बनाएको आरोप पनि नेकपा एमालेकै कार्यकर्ताहरूले लगाएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ विरुद्ध गुट चलाई रहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले भिडियो भाइरल बनाएको कार्यकर्ताहरूको भनाई रहेको छ ।

२०५४ सालमा मेयर हुँदा पोखराको फेवातालको पनि नाङ्गो आँखाले हेर्नै नहुने गरी प्रदूषण गर्ने मतियार बनेको आरोप थापामाथि छ । काठमाडौँबाट सञ्चालन हुने एक चर्चित अनलाइन पत्रिकाले उक्त आरोप लगाउँदै लामो स्टोरी समेत प्रकाशन गरेको थियो ।२०५४ साल ताकै एउटा सार्वजनिक कार्यक्रमको दौरानमा थापाले ‘जोगी हुन राजनीति गरेको होइन ।’ भन्ने अभिव्यक्ति दिएर आलोचित बनेका थिए ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *