नेपाल समाचार। ३०.१२.२०७८
मदन घिमिरेको शब्द रहेको ‘म त तिम्रै हुँ’ सार्वजनिक गरिएको छ । गायिका रानी शाक्य र गायक प्रकाश तिमल्सिनाको स्वर रहेको गीतमा मनोज मालीको संगीत छ ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल निक्स शर्माको रोम्यान्स देख्न सकिन्छ । रामेश्वर हुमागाँइको छायाङ्कन रहेको भिडियोमा अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियो फिल्म निर्देशक मदन घिमिरेले गरेका हुन् । घिमिरेले केकी र निक्सको रोमान्टिक केमेस्ट्री देखाएका छन् । अमेरिकामा रहेर पनि रानी गायनमा क्रियाशील रहँदै आएकी छन् ।
(Visited 10 times, 1 visits today)