विभिन्न पार्टी परित्याग गरी एमाले पार्टी प्रवेश गरेका दुई नेताहरु मेयरमा सर्वसम्मत सिफारिस

सेयर गर्नुहोस्

नेपाल समाचार। २९.१२.२०७८

गत १ मंसिरमा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका पशुपतिदयाल मिश्र केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका हुन् । एमाले पार्टी प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा पर्नुभएकाे हाे ।मेयरमा सिफारिश हुनुभएका मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित हुनुभएकाे थियाे ।

२५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गर्नुभएकाे थियाे । पुन: उम्मेदवार हुनुभएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयरसमेत हुनुहुन्छ ।

बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रुपमा एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा पर्नुभएकाे छ । ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस हुनुभएकाे छ ।

एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *