कपाल लामो बनाउने यस्तो छ घरेलु उपाय

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०२

धेरैजसो महिलामा कपाल झर्ने समस्या हुन्छ भने कतिलाई कपाल लामो नहुने समस्याले पिरोलेको हुन्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ । केही सरल घरेलु उपाय अपनाएर कपाललाई लामो र स्वस्थ बनाउन सकिन्छ । ती उपायहरू यसप्रकार छन

आलुको रसः कपालको लागि ताजा आलुको रस तयार पार्नुभन्दा आलुको बोक्रा तासेपछि आलुलाई मसिनो टुक्रामा काटी ब्लेन्डरमा मिक्स गर्नुपर्छ । यसरी तयार भएको पेस्ट अलि बाक्लो भयो भने त्यसमा पानी पनि मिसाउन सकिन्छ । आलुको रस र आलुको टुक्रालाई छुट्याउन मलमलको कपडामा राखेर छान्नुपर्छ । यसरी छानेर आएको रसलाई कपालमा लगाउन सकिन्छ । तर होस गर्नुपर्ने कुरा के हो भने हरेक पटक प्रयोग गर्न आलुको ताजा रस नै चाहिन्छ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *