गोल्डेन स्टार टि भि आज २०७७-०५-०२
भान्सा घरमा साङ्ला बढी आउने गर्छन् । साङ्लाबाट मानिसहरु आजित हुने गर्छन् । यिनीहरुलाई कसरी थपाउने होला भन्ने कुरामा उनीहरु धेरै जानकार हुँदैनन् ।
बजारमा पाइने विषादीको प्रयोगले केही दिन साङ्ला भागे पनि त्यसले स्वास्थ्यमा असर गर्छ । तर केही यस्ता घरेलु उपाय छन् जसबाट सहजै छुटकार पाउन सकिन्छ । यस्ता छन् घरेलु उपाय
बेकिङ पाउडर र चिनी
यसको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । एक कचौरामा धुलो पारिएको चिनी र बेकिङ पाउडरलाई बराबर मिलाएर साङ्ला आउने ठाउँमा राख्नुहोस् । चिनीको स्वादका कारण साङ्लाले त्यो धुलो खान्छ र बेकिङ पाउडरको गन्धले साङ्ला मर्ने गर्छन् ।
तेजपत्ताको प्रयोग
तेजपत्ताको बास्नाले साङ्ला भाग्ने गर्छन् । घरको जुन ठाउँमा बढी मात्रामा साङ्ला देखिन्छन्, त्यही ठाउँमा तेजपत्ताको धुलो राख्ने गरेमा यसको बास्नाले साङ्ला भाग्ने गर्छन् ।
ल्वाङ
ल्वाङको गन्धले पनि साङ्ला भगाउन मद्दत गर्छ । ल्वाङको गन्धका कारण साङ्ला तुरुन्तै भाग्ने गर्छ ।