प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन

सेयर गर्नुहोस्

नेपाल समाचार। २३.१२.२०७८

पोखरा- रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोप अभियानको उद्घाटन गरेका छन् ।​ आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *