उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ हिसानले आफ्नो आठौं महाधिवेशन गर्ने

सेयर गर्नुहोस्

नेपाल समाचार। २२.१२.२०७८

पोखरा -बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने जानकारी गराएको छ । संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रुपमा वार्षिक रुपमा लाखौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभइ सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने बताए । महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरुबीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न, निजी शिक्षालयहरुको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको महासचिव भण्डारीले बताए ।

यस्तै संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनु पर्ने बताए । उनले विदेशी र नेपाली शिक्षालयको शिक्षामा ने विभेद भएको भन्दै त्यसलाई हटाउनु पर्ने बताए । उनले सरकारले वहन गर्नुपर्ने जिम्मेवारी निजी क्षेत्रले गरिरहेको र अझै धेरै गर्न तत्पर रहेको तर सरकारले त्यो वातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।

उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ हिसानले आफ्नो आठौं महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा विभिन्न शैक्षिक क्षेत्रमा गर्नसक्ने विकासका कामको बारेमा पनि गोष्ठी हुने बताइएको छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *