नेपाल समाचार। २२.१२.२०७८
नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि १५ वर्षदेखि “मिस नेवा” आयोजना गरिँदै आएको हो । नेप्लीज फेशन होमको आयोजना रहेको मिस नेवा नेपालको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते हुने भएको छ ।
मिस नेवाः नेपालको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराएकी छन् । फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमश ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगीतामा १९ नेवार सुन्दरी भिँड्दैछन् । जसमा दीया महर्जन, विका महर्जन, सविना बज्राचार्य, सिर्जला महर्जन, अतृषा महर्जन, स्वेक्षा महर्जन, आस्था श्रेष्ठ, सिर्जुला महर्जन, एभ्रील महर्जन, एभ्रील महर्जन, कृतिका दुवाल, नेहा माली, विशेषता मानन्धर, सेलिन प्रजापति, सलिना महर्जन, शिला प्रजापति, लुमन्ती महर्जन, स्नेहा श्रेष्ठ, श्रेया महर्जन र विजेता बज्राचार्य रेरहेका छन् ।
आयोजक हेमा मानन्धरका अनुसार मिस नेवाः नेपालको प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यसका लागि प्रतियोगीहरूलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ ।