एक महिनामै २७ जना बलात्कृत ; ओरेक

सेयर गर्नुहोस्

नेपाल समाचार। २२.१२.२०७८

दिन प्रति दिन बलात्कारका घटनाहरु बढेको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले फागुन महिलामा २७ वटा बलात्कारका घटना भएको जानकारी दिएका छन् । त्यस्तै, एक महिनामा १२७ वटा महिला हिंसाका घटनामधये २१ प्रतिशत बलात्कारका घटना रहेको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।​

तीन बलात्कार प्रयास भएको र तीन जनताको बलात्कारपछि हत्या भएको ओरेकले जनाएको छ । बलात्कार भएकामध्ये सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी छन् भने १७ देखि २५ वर्ष उमेर समूहका महिला २६ प्रतिशत छन् । बलात्कारका घटनामा प्रमुख जिम्मेवार रहनेमा पीडितका छिमेकी ४८ प्रतिशत छन् भने आत्मीय मानेका साथी १५ प्रतिशत पाइएको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *