जर्मनीले रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिए

सेयर गर्नुहोस्

नेपाल समाचार। २२.१२.२०७८

रुसीले जर्मनहरुको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोपमा ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिनराजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहे आरोप लगाएको छ ।

विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरुले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् । यदि कुटनीतिज्ञहरूलाई अनिच्छित व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत सर्गेइ नेट्स्चायेभलाई पनि जानकारी गराइसकिएको बेयरबकले भनेकी छिन् ।
यी व्यक्तिहरुलाई देश छोड्नका लागि पाँच दिनको समयसीमा तोकिएको छ ।

रुसी विदेश सेवाका कर्मचारीहरुमाथि मस्कोलाई जासुसीको काम गरिरहेको आशंका स्थानीय संचार माध्यमहरुले जानकारी दिएको छ । उक्त निर्णय सुनाउँदाको समयमा बेयरबकले भने ‘बुचाको अवस्थाले रुसी नेतृत्वको क्रुरतापूूर्ण अवस्था र प्रोपोगान्डा पछ्याउनेहरुको चित्रण गरेको छ । ,’ उनको घोषणामा समर्थन गर्नका लागि उनले कुनै प्रमाणको प्रस्ताव गरेकी छैनन् । बुचाबाट रुसी सेनाको फिर्तिपछि किभको बस्तीमा सयौँ सर्वसाधारणको हत्या गरिएको पाइएको थियो ।

युक्रेनले आम हत्याका लागि रुसी सेनामाथि आरोप लगाएको छ । रुसी सेनाहरु यो सानो बस्तीमा केही समयका लागि बसेको थिए । पश्चिमा राजनीतिज्ञहरू यो विषयमा युक्रेनको पक्षमा उभिए पनि पेन्टागनले यो दावीलाई समर्थन गर्ने कुनै निष्पक्ष प्रमाण भने फेला नपरेको बताएको छ ।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *