श्रीलंकाका २६ जना मन्त्रीहरुले दिए सामूहिक राजीनामा

सेयर गर्नुहोस्

नेपाल समाचार। २१.१२.२०७८

चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । संकटग्रस्तको बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो । तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए ।

श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ । खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *