कर्णालीमा माग गरेको भन्दा तीन गुणा बढी म्यादी प्रहरीको आवेदन

सेयर गर्नुहोस्

नेपाल समाचार। १४.१२.२०७८

पोखरा – स्थानीय तहको निर्वाचन हुने भने लगतै नेपालको विभिन्न जिल्लाहरुमा म्यादी प्रहरीको माग गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा निर्वाचनका लागि सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो तर कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गराएकोभन्दा बढीले आवेदन दिएका छन् । कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हुम्ला ४१६ ,डोल्पामा ५६८, मुगुमा ४६९, जुम्लामा ७६८, कालिकोटमा ८०४, सल्यानमा एक हजार ७३, रुकुम पश्चिममा ६७७, जाजरकोटमा ७८४, दैलेखमा ८९३ र सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरीको माग गरिएको थियो ।

सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरीको माग गरिएकोमा एक हजार ५९ महिला र चार हजार ११३ पुरुष गरेर पाँच १७२ जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका बताएका छन् ।

डोल्पामा ५६८ म्यादी प्रहरीको माग गरिएकोमा २०५ जना महिला र ५४२ जना पुरुष गरेर ७४७ जनाले आवेदन दिएका छन् । हुम्लामा ४१६ जना म्यादी प्रहरीको माग गरिएकोमा ९९ जना महिला र ४२५ जना पुरुषले आवेदन दिएका छन् ।

दैलेखमा ८९३ माग भएकोमा ४८४ महिला र दुई हजार १८९ पुरुष गरेर २६७३ जनाले आवेदन दिएका छन् । जाजरकोटमा ७८४ जना म्यादी प्रहरीको माग गरिएकोमा ४२५ महिला र एक ६३१ पुरुष गरेर दुई हजार ५६ जनाले आवेदन दिएका छन् । रुकुम पश्चिममा ६७७ जना म्यादी प्रहरीको माग भएकोमा ५०६ जना महिला र एक हजार ५०४ पुरुष गरेर दुई हजार १० जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जुम्लामा ७६८ म्यादी प्रहरीमा माग गरिएकोमा ५३१ जना महिला र एक ७५४ जना पुरुष गरेर २२८५ जनाले आवेदन दिएका छन् । मुगुमा ४६९ म्यादी प्रहरीको माग गरिएकोमा १७६ महिला र ८६१ जना पुरुष गरेर एक हजार ३७ जनाले आवेदन दिएका छन् ।

सल्यानमा एक हजार ७३ म्यादी प्रहरीको माग गरिएकोमा ७०६ महिला र दुई हजार ७०२ जना पुरुष गरेर तीन हजार ४०८ जनाले आवेदन दिएका छन् ।
कालिकोटमा ८०४ म्यादी प्रहरीको माग गरिएकोमा २४५ महिला र एक ९७ पुरुष गरेर एक ३४२ जनाले आवेदन दिएका छन् ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *