सूचनासहित पहिलो पटक नेपाली सेनामा रोजगारीको अवसर खुल्यो

सेयर गर्नुहोस्

नेपाल समाचार। १४.१२.२०७८

चैत १४ गते प्रकाशित सूचनामा पहिलो पटक नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो । नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु.१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् ।

इच्छुकहरूले २०७९ वैशाख १३ गतेसम्म र दोब्बर दस्तुर सहित थप दिन ७ सम्म कार्यालय समय भित्र दर्ता गर्न सक्नेछन् । नारायणहिटी स्थित श्री नेपाल क्याभलरी उत्तर तर्फको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्ने सेनाले जनाएको छ ।

दरखास्त फाराम बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँ नेपाल बैङ्क लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं.१४२२४ मा जम्मा गरेर सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति १/१ (एक/एक) दरखास्त फाराम साथ पेस गर्नु पर्नेछ ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *