युवा संघका केन्द्रीय सदस्य महिला कलाकारमाथि हातपात गर्ने आरोपमा पक्राउ

सेयर गर्नुहोस्

नेपाल सममाचर। ११.१२.२०७८

पोखरा – काठमाडौँ, ठमेलस्थित एक दोहोरी साँझमा बिहीबार राति युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई महिला कलाकारमाथि हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई पक्राउ गरेका छन् । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए ।

प्रहरीले जानकारी दिए अनुसार महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने छ । सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *