नेपाल समाचार। ०१.११.२०७८
काठमाडौँ – मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई भक्तपुरमा १६ वर्षीया किशोरीको बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रदिपलाई सोमबार साँझ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
(Visited 10 times, 1 visits today)