नेपाल भ्रमण गर्नका लागी साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.११.२०७८

नेपालको औपचारिक भ्रमण गर्नका लागी आज सोमबार साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनी हाल श्रीलंका भ्रमण गरी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग १ गते भेट गर्ने छन् ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *