२१ महिने बालिकाको मृत्यु, बलात्कारको आशंका

सेयर गर्नुहोस्

नेपाल समाचार। २९/११/२०७८

पोखरा- शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिकाको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा–७ की बालिकाको मृत्युको घटनामा प्रहरीले दुई जनालाई पक्रेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना नाबालिकाकी छिमेकी हुन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।

यौनांगमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *