नेपाल समाचार। २७.११.२०७८
पोखरा – एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थालाई सही ढंगले नियाल्दा “राम राज्य आहा थियो र?” भनेर प्रश्न गर्नु भएको छ । ओलीले राम राज्य आहा थियो भनिनु बेकार भएको बताएका छन् । सत्य युग र राम राज्य आहा थियो भनेर भ्रम पाल्न नहुने बताए र साथै अहिलेको अवस्थालाई सही ढंगले अघि बढाउनुपर्ने तर्क दिए ।
उनले पूर्वजहरुले मानवसभ्यताको विकासका लागि धेरै खोज, अध्ययन र चिन्तन मनन गरेको भन्दै त्यसमा भने अहिले पनि पाठ सिक्नुपर्नेमा जोड दिए । बिहीबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने, ‘भ्रम के पाल्नु हुन्न भने सत्य युग भन्ने आहा थियो । राम राज्य आहा थियो । त्यहाँ के थियो ? त्यहाँ इन्टरनेट फ्रि गरिदिएको थियो ?’
(Visited 17 times, 1 visits today)