तनहुँमा विद्यार्थीको मृत्युका कारण सडक अवरोध

सेयर गर्नुहोस्

नेपाल समाचार । २५.११.२०७७८

लमजुङ – बुधबार बिहानैदेखि सडक अवरोधका कारण तनहुँको भानु नगरपालिका-९, बाइसजाँगर ठप्प छ । लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको हुनाले बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका हुन् ।

स्थानीय गोपाल अधिकारीका अनुसार बाइसजाँगरमा सनिजका आफन्त र स्थानीयले चोकमा टायर बालेर सडक
अवरोध गरेका छन् । डुम्रेबाट आएका सवारीसाधन बाइसजाँगरमा रोकिएका छन् ।

आफन्तलाई थाहै नदिई होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरूले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न सँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

होस्टेल वार्डेन सरोज ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताउनु भयाे । घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले विद्यालयको दुईवटा बस, एउटा भ्यान र स्कुलको गेटसमेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनले उग्र रूप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र लाठीचार्ज गरेको थियो ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *