‘बुलाकी’को पहिलो मुहार सार्वजनिक, सुरक्षाको कर्णाली लुक्स

सेयर गर्नुहोस्

नेपाल समाचार। २५.११.२०७८

पोखरा – अभिनेत्री सुरक्षा पन्तको नयाँ फिल्म ‘बुलाकी’’ को पहिलो मुहार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरीएको छ । फस्टलुकमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा देखाइएको छ ।

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् ।
छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

यस फ्लिमको शूटिंग डोल्पा, जाजरकोट र रुकुममा भएको हो । नवअभिनेता विराज र प्रकाश कँडेल, झलनाथ खत्री, लक्ष्मी गिरी, सुरक्षा, नरेन्द्र खड्का, कुलदीप अधिकारी, रमेश बुढाथोकी, सुशील पोखरेल,धनबहादुर राई, सरस्वती खत्री, उपासना वाइवा, लक्ष्मण देवकोटा, वसन्त परियार , सोनु सेढाइँको अभिनय छ ।

केही समयपछि टिजरसँगै फिल्मको रिलिज मिती पनि सार्वजनिक गरिनेछ निर्माण पक्षले बताए ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *