नेपाल समाचार। २५.११.२०७८
पोखरा – राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गरेको जानकारी दिए अनुसार रुसले २४ जनवरीमा युक्रेनमाथि पूर्ण रुपमा आक्रमण गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् ।
युक्रेनका २ लाख ११ हजार ३१२ मानिसहरु युद्धका कारण देश छाडेर विभिन्न देशमा शरण लिन पुगेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले बताए । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उहाँले भन्नुभयाे ।
पाशविक युद्धका कारण परिबारहरु निराश र अकल्पनीय पीडामा डुबेको उहाँले बताउनु भएकाे छ । अधिकारीहरू र राष्ट्र संघले अनुमान गरे अनुसार रूसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र भएको हो ।
(Visited 10 times, 1 visits today)