मुद्दा मिलाइदिने भन्दै रकम लिएको आरोपमा कानुनी सल्लाहकार अर्याल पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। ४/१२/२०७८

कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिकाको कानुनी सल्लाहकारका रूपमा कार्यरत अधिवक्ता कमल प्रसाद अर्याल ठगी आरोपमा परेको उजुरीका आधारमा मंगलबार पक्राउ परेका छन् । अर्यालले कास्कीको अन्नपूर्ण गाउँपालिकामा घटेको भैँसी चोरी सम्बन्धी घटनाको मुद्दा मिलाइदिने भन्दै रकम लिएको आरोप लागेको छ ।

मेयर मानबहादुर जिसीले अर्याललाई यस घटनापछि सल्लाहकार पदबाट गरेको जानकारी गराउनुभएको छ ।
मेयर जिसीले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार राति स्ट्याटस पोस्ट गर्दै पदमुक्त गरिएको जानकारी दिनु भएको छ ।

‘महानगरको कानुनी सल्लाहकार अधिवक्ता कमल प्रसाद अर्यालको बारेमा आएका समाचारहरू प्रति ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य छानबिनको लागि प्रशासन समक्ष अनुरोध गर्दै घटनाको छानबिनमा असहज परिस्थिति सृजना नहोस् भन्नको लागि निज अर्याललाई कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको ब्यहोरा जानकारी गराउँदछु’, मेयर जिसीले स्ट्याटसमा भन्नुभएको छ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *