अनलाइन ठगीमा बाच्नु हुन आग्रह : प्रहरी

सेयर गर्नुहोस्

०३/१२/२०७८

काठमाडौँ – विभिन्न सामाजिक सञ्जालमार्फत् ठगी गर्नेको क्रम बढ्न थालेपछि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सचेत रहन आग्रह गरेका छन् । ब्यूरोले सूचना जारी गरे अनुसार अपराधिक समूहले सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आइडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करवापतको भन्दै पैसा माग्ने गरेको छ र यस्ता कर्यबाट ठगिन्न बाच्नु हुन आग्रह गरेको छ ।

त्यस्तै,विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सर्वसाधारणले थाहै नपाई ठगिन सक्ने भन्दै प्रविधिको दुरुपयोगबाट बच्न साइबर ब्यूरोका प्रवक्ता एसएसवी नविन्द अर्यालले आग्रह गरेका छन् । साथै, विद्युतीय कारोबार गर्दा हुने जोखिमका बारेमा जारी हुने राष्ट्र बै‌कको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको सूचनाबाट समेत जानकारी लिन आग्रह गरेको छ । आपराधिक समूहले बैंक र अनलाइन भुक्तानी प्रणालीमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले आफ्ना पासवर्ड र ओटीपी कोड तथा सुरक्षा एसएमएस नदिन आग्रह गरेको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *