‘प्रेमगञ्ज’ मैना बनिन् बेनिशा हमाल

सेयर गर्नुहोस्

नेपाल समाचार। ०३/११/२०७८\

पोखरा – परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको नयाँ फिल्म ‘प्रेमगञ्ज’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
प्रेम दिवसको दिन पारेर निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराउनु भयाे ।

परिच्छेदले भन्नुभयाे ‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौँ । अवस्था अनुकुल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौँ,’। यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैहुुनुहुन्छ । तेज पेसाले बैंकर हुनुहुन्छ । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सिमरन खड्का,सुप्रिया खनाल, राइडर प्रशान्त आदि कलाकारको अभिनय रहेको छ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुनुहुन्छ । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *