नेपाल समाचार- २७/१०/२०७८
काठमाडौं । शिक्षा मन्त्रालयदुवारा २०७८ सालको (एसईई) माध्यमिक शिक्षा परीक्षा को तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।
वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बताएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
(Visited 1 times, 1 visits today)