नेपाल समाचार। २६/१०/२०७८
काठमाडौँ – बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम बताए अनुसार स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको हो । शर्माले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’
(Visited 3 times, 1 visits today)