‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ नयाँ भर्सनमा रचना रिमाल

सेयर गर्नुहोस्

नेपाल समाचार। २७/१०/२०७८

पोखरा – प्रसिद्ध नेपाली गायक अन्जु पन्तले लोकप्रिय सङ्गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ को आवरण विवाद मा भनिन्, “आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन। अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ र रहिरहने छ। उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो। के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन। म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ। भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस्।”

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *