बुढानिलकण्ठबाट चोरीका सामग्रीसहित दुईजना पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार- २५/१०/२०७८

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका-७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई चोरीका सामग्रीसहित काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाए । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *