नेपाल समाचार- २५/१०/२०७८
काठमाडौं- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ र छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको मूल्य १२ सय ६० रुपैयाँ पुगेको छ ।
(Visited 6 times, 1 visits today)