१७ वर्षे युवकको हत्या रौतहटमा

सेयर गर्नुहोस्

रस अनलाइन खबर-आज २०७७-०४-३२

रौतहटको गरुडानगर्पालिका वडा नम्बर ८ मा एक युवकको हत्या भएको छ।

जिङ्डिया टोलका १७ वर्षीय निरञ्जन राम चमारको शव गाउँ नजिकैको खेतमा फेला परेको छ ।

उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । उनको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *