देशव्यापी बन्दै क्यानडामा खोपविरोधी प्रदर्शन

सेयर गर्नुहोस्

नेपाल समाचार। २३/१०/२०७८

ओटावा, क्यानडाको राजधानीबाट सुरु भएको कोभिड खोपविरोधी प्रदर्शन विस्तारै देशका विभिन्न सबैभन्दा ठूलो सहरहरु फ्रेडरिक्टन, क्युबेक, टोरोन्टो, विनिपेगसम्म फैलिएको छ । शनिबारको प्रदर्शनमा राजधानी ओटावामा झन्डै पाँच हजार प्रदर्शनकारीको सहभागीता थियो ।

रोर्बट नाम गरेका एक प्रदर्शनकारीले रोयटर्सलाई भने ‘एउटा ठूलो कैदमा बस्नुपर्ने दबाबपूर्ण आदेशका कारण हामी सबै बिरामी र थकित छौ’, । ‘उनीहरु खोप भन्ने गरेको विष हाम्रो नशामा नराखी हामी सामान्य अवस्थामा फर्किन चाहन्छौ,’ उनले भने । क्यानडाबाट अमेरिका प्रवेश गर्ने सीमामा सरकारले ल्याएको अनिवार्य खोपको प्रावधानविरुद्ध एक साताअघि ट्रक चालकहरुले ट्रक तेर्साएर विरोध गरेका थिए ।

लगातार आठौं दिन प्रदर्शनकारीले ओटावाको मुख्य बजार बन्द गरेका छन् । सुसंगठित अवरोधलाई अमेरिकाका सहानुभूतिकर्ताहरुले सहयोग गरेको क्यानडा प्रहरीले जनाएको छ ।

सो प्रदर्शन सार्वजनिक स्वास्थ्य मापदन्ड र प्रधानमन्त्री जस्ट्रिन टुडोको सरकारविरुद्ध ‘जमघट विन्दु’ को रुपमा रुपान्तरण भएको छ । कोभिडसम्बन्धी अधिकांश मापदन्ड प्रान्तीय सरकारले कार्यान्वयनमा ल्याएको हो ।

Previous Post

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *