जमानतमा रिहा भएका राज कुन्द्राले शिल्पालाई दिए पाँच फ्ल्याट

सेयर गर्नुहोस्

नेपाल समाचार। २३/१०/२०७८

पोखरा- व्यापारी राज कुन्द्रा गत वर्षको जुलाईम पोर्नोग्राफी फिल्म बनाएको र त्यसलाई एपमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए । उनीमाथि कैयौं धारा अनुसार मुद्धा दर्ता गरिएको थियो ।

अश्लील फिल्मको मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको ५ वटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन् । यो फ्ल्याटको मूल्य करोडौं पर्छ ।

राजले मुम्बईस्थित ३८ करोड ५० लाख पर्ने एक भवनको पुरा पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन् । यो भवन समुन्द्र तटबाट करिब तीन सय मिटरको दुरीमा बनेको छ ।

परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन् । शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ । जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन् । यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो । यद्यपि यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी बाहिर आएको छैन ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *