नेपाल समाचार। २०/१०/२०७८
काठमाडौँ– हिजो (बुधबार) बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने भएको छ । नेकपा एमालेले ७७ वटै जिल्लाका कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए अनुसार केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ ।
सचिवालय बैठकले फागुन र चैत महिनासम्म सदस्यता वितरण र नविकरण गर्ने निर्णय गरेको छ । प्रदेश र जिल्लामा नविकरण र अद्यावधिक पनि गरिने उनले बताए । उनले जानकारी दिए । अनुसार नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने निर्णय भएको छ ।
(Visited 3 times, 1 visits today)