नेपाल समाचार। १९/१०/२०७८
पोखरा- सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’ मा सुनील थापाको स्थानमा प्रशान्त ताम्राकार अनुबन्धित गरिएका छन् । अभिनेता सुनील थापा बलिउड फिल्ममा व्यस्त हुने भएपछि उनको स्थानमा अर्का अभिनेता ताम्राकार राखीएको हो, फिल्मको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए। ‘लाखे’ मा प्रशान्तले प्रमुख भिलेनको भूमिका निभाउनेछन् ।
फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बालगायतका कलाकारको अभिनय छ । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ’ ताम्राकारले भने। फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए । सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’ को काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।