भीम रावलको पीएचडी पुष्टि गर्न बाबुरामको चुनौती

सेयर गर्नुहोस्

नेपाल समाचार। १८/१०/२०७८

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेख्दै भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन्। भट्टरईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन्। ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’ भट्टराईले लेखेका छन्।

पूर्वप्रधानमन्त्री बाबुरामले थप लेखेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’।

रावलले एमसीसीको विषयमा लेखेको पत्रमा बाबुरामले गोप्य सम्झौता गरेको आरोप लगाएका थिए। आफूमाथि यस्तो आरोप लागेपछि भट्टराईले यस्तो आशंका गरेका हुन्। बाबुरामले आफू प्रधानमन्त्री हुँदा ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *