नेपाल समाचार। १७/१०/२०७८
काठमाडौं– अभिनेत्री आँचल शर्मा, निर्देशक मिलन चाम्सको कमेडी र लभ स्टोरी कथामा तयार हुन लागेको फिल्म ‘बर एन्ड बधु’ मा अभिनय गर्ने भएका छन् । उनी ‘बधु’को भूमिकामा हुनेछिन् । आँचलले लकडाउनपछि साउथको फिल्म ‘हिटम्यान’मा अभिनय गरेकी थिइन् भने यो शर्माको पहिलो नेपाली फिल्म हो । फिल्मको छायांकन फागनको तेश्रो साताबाट सुरु हुनेछ ।
एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका लागि अभिनेताको खोजी भइरहेको छ । फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ ।
(Visited 5 times, 1 visits today)