बर्ड फ्लू देखिएपछि मोरङमा कुखुरा नष्ट

सेयर गर्नुहोस्

नेपाल समाचार। १७/१०/२०७१

विराटनगर- ग्रामथान गाउँपालिका-१ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ । थप दुई स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको छ ।

बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । ग्रामथान गाउँपालिका–१ का वडाध्यक्ष नमोनारायण माझीले बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको बताए । ग्रामथान-१ मै रहेको थप एक कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो । ती स्थानमा रहेका कुखुराको जाँच गरिएको छैन ।

बढीगंगा गाउँपालिका-५ का अध्यक्ष रमेश खनालले आफ्नो वडामा रहेको एउटा कृषि फर्ममा बर्ड फ्लू देखिएको जानकारी दिए । बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गर्ने तयारी गरेको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *