नेपाल समाचार- १७/१०/२०७८
झापा – जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का ७५ वर्षीय खम्बासिंह कार्कीको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ ।
बिहान ३ बजे घरको बरण्डामा रहेको मकै, धान, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते भएका थिए । घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको थियो ।
(Visited 3 times, 1 visits today)