नेपाल समाचार। १७/१०/२०७८
काठमाडौँ – आइतबार राती भएको लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’ को फिनालेमा तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । त्यसैगरी शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने । तेजस्वीले विजेता बनेसँगै ट्रफीका साथ ४० लाख रुपैंयाँ पुरस्कार पनि जितिन् ।
फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिष्पर्धा भएको थियो । तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका होस्ट सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।
(Visited 3 times, 1 visits today)