रस अनलाइन खबर-आज २०७७-०४-३०
पोखरा-गण्डकी प्रदेशका २ जिल्लाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान तनहुँ र स्याङजाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार स्याङजाको पुतलीबजार नगरपालिका -१ का ३९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनालायले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको ।
त्यसैगरी अनुसार तनहुँको भानु नगरपालिका – १ का २२ देखि ५२ वर्ष उमेर समुहका १४ पुरुष तथा ५ वर्षीया बालिका सहित ६ महिलामा कोरोना पुष्टि भएको हो ।
स्याङजाको पुतलीबजार नगरपालिका -१ का ३९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनालायले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।