नेपाल समाचार। १४/१०/२०७८
पोखरा- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको भाउ ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
(Visited 2 times, 1 visits today)