सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

सेयर गर्नुहोस्

नेपाल समाचार- १३/१०/२०७८

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर साढे ९३ हजार कायम भएको छ ।

तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा महासङ्घले अन्तरराष्ट्रिय बजारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *