मुगुमा घटनाहरु वृद्धि हुँदै जाँदा थुनुवा भरिभराउ

सेयर गर्नुहोस्

नेपाल समाचार। १२/१०/२०७८

जिल्ला प्रहरी कार्यालय अनुसार मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । साँघुरो थुनुवा घरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् ।

अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन् । दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *