जुनियर महिला राष्ट्रिय च्याम्पियनमा रशिला महर्जन ७औं स्थानमा

सेयर गर्नुहोस्

नेपाल समाचार। १२/१०/२०७८

काठमाडौं– विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला राष्ट्रिय च्याम्पियन रशिला महर्जन एकल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकल तर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले नेपाली ब्याडमिन्टन खेलाडीहरूले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघमाथि खेलाडीहरूको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरूको स्तरलाई पनि उकास्न थप दवाव परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा जनाएको छ ।

साथै संघले विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *