नेपाल समाचार। १२/१०/२०७८
पाल्पा जिल्लामा मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोरोनाभइरस १९ सङ्क्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट हुँदै आएको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएको हो ।
जिल्ला अधिकारी पन्तलका अनुसार फोटोसहितको मतदाता नामावली सङ्कलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औँठाछाप लगाउनुपर्र्ने हुदाँ सङ्क्रमणको जोखिम हुने भएकाले बन्द गरिएको हो ।
(Visited 14 times, 1 visits today)