नेपाल समाचार। ११/१०/२०७८
टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजदेखि पुनः सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुन सञ्चालन गर्ने अस्पतालका निर्देशक डा मनिषा रावलले बताए । डा. रावलका अनुसार आज बिहान १० बजेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान सुरु हुने छ ।
आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।
(Visited 8 times, 1 visits today)