हप्ताको पहिलो दिन शेयर बजार घट्यो

सेयर गर्नुहोस्

नेपाल समाचार। ०९/१०/२०७८

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ८३ अङ्कले घटेर दुई हजार नौ सय २० दशमलव ५१ विन्दुमा झरेको छ ।

हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । आज दुई सय ३२ वटा कम्पनीकाे एक करोड ४७ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बीमा, उत्पादन र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर साढे १६ अङ्कले, फाइनान्स समूहको शेयर ७२ अङ्कले, व्यापारको ४६, होटल समूहको ५२ र विकास बैंक समूहको शेयर ७३ अङ्कले घटेको छ ।

आज गुर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि बुद्धभूमि हाइड्राेको शेयर र वीन नेपाल लघुवित्त १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *