राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने

सेयर गर्नुहोस्

नेपाल समाचार। ०९/१०/२०७८

पोखरा -कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने योजनामा पुगेको हो ।

यस पटक एन्फाले आठ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने ‘यो अवस्थामा राष्ट्रिय लिग निर्धारित समयमा नहुन सक्छ । अब, हामी अध्यक्ष ज्यू (कर्मा छिरिङ शेर्पा) सँग कुरा गरेर सम्बन्धित क्लबलाई पत्र काट्छौँ ।’ तुलाधरले थपे। यसअघि एन्फाको २२ पुसमा बसेको २४ घण्टा लामो साधारण सभाले महिला राष्ट्रिय लिग यहि १५ माघदेखि संशोधित बजेटसहित पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण बढ्दै जाँदा मैदान तयारीदेखि क्लबको तयारीलाई समेत प्रभावित हुँदा एन्फा कोरोना परिस्थिति हेरेर लिग गर्ने योजनामा पुगेको छ । ‘अहिले नै हुन्छ भन्न सकिँदैन । हामी कोरोनाको प्रभाव कत्तिको पर्दै जान्छ । त्यसलाई हेरेर नयाँ मिति तोक्छौं,’ तुलाधरले भने । यसअघि एन्फा महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराएका थिए ।

यस पटक एन्फाले आठ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो । लिगमा गतवर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टोलीहरूवालिङ नगरपालिका, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, एपीएफ फुटबल क्लब, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले लिग खेल्नेछन् ।

गत फागुनमा सम्पन्न लिगमा एन्फाले सहभागी टोलीलाई ४ विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *